no comments

पोखरा २१ का ‘विपन्न अपाङ्ग’ हरुलाई ‘बिश्वास’को सहयोग

पोखरा, २१ वैशाख/ जन्मदिन, सबैको बिशेष दिन । हरेकलाई आफ्नो जन्मदिन महत्वपुर्ण हुन्छ । जन्मदिनमा परिवार, साथीभाईसँग ‘गेट टुगेदर’ त भइ नै हाल्यो,सामाज प्रतिको उत्तरदायित्व पनि बोध गर्न थालेका छन् युवाहरु । धेरथोर सकेको सहयोग गरौँ भन्ने भावना पछिल्ला दिनहरुमा बढ्दै गरेको पाइन्छ ।

यहि भावना आत्मासात् गरेका पोखरा ३० का बिश्वास गौतमले जन्मदिनको अवसरमा सहयोग गरेका छन् । गौतमले पोखरा २१का विपन्न अपाङ्गहरुलाई सोमबार खाद्यान्न सहयोग गरेका हुन् ।

कोभिड १९को महामारीले निम्त्याएको संकटमा रहातको मल्हम बोकेर उनि आज पोखरा २१ कृस्ती स्थित वडाकार्यालय पुगे । ‘हामीले वडा कार्यालयको समन्वयमा बिशेषतः अपाङ्गहरुलाई लक्षीत गरेर सहयोग गरेका हौँ ।

आर्थिक अवस्था अत्यन्तै न्यून भएका अपाङ्गहरुलाई यो महामारीको बेला त झन् अप्ठ्यारो हुन्छ । आज, जन्मदिन पनि हो । यहि मेसोमा सहयोग गर्ने सु अवसर पनि प्राप्त भएको छ,’ गौतमले सुनाए ।गौतमले २० बोरा चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

पोखरा २१का वडाध्यक्ष खगराज आचार्यले युवाहरुसमाज रुपान्तरण र बिकासका लागि एक्सनमा उत्रिनुपर्नेमा जोड दिए । गौतमलाई शुभकामना एवं धन्यवाद दिँदै वडाध्यक्ष आचार्यले भने,‘हामी बोल्नेमात्रै भन्दापनि एक्सनमा उत्रन जरुरी छ । युवाहरुको यसप्रकारको सहयोगको भावनालाई म सेलुट गर्दछु ।’

सहयोग हस्तान्तरणका क्रममा बोल्दै पोखरा २१ कोभिड १९ सहयोग उपसमितिका संयोजक अर्जुन गिरीले सहयोगका लागि धन्यवाद दिए । कोभिड महामारीको घडीमा यसप्रकारको सहयोगअतिआवश्यक रहेको उनले बताए ।

कार्यक्रममा पोखरा ३०का प्रकाश गुरुङ, रोशन भण्डारी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण पोखरा २१ कोभिड १९ सहयोग उपसमिति सदस्यसिता बिकले गरेकी थिइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese