no comments

पोखरामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, एक बेपत्ता

पोखरा, १७ भदौ/ पोखरामा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । अरु पाँचजना घाईते भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षिय कृष्ण श्रेष्ठ, उनकी श्रीमति ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको थापाले जानकारी दिए । उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षिय छोरा राजकुमार घाइते भएका छन् । सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै पोखरा–२० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षिया विष्णु सार्की र उनका ८ वर्षका छोरा सन्तोष सार्कीको पनि मृत्य भएको थापाले जानकारी दिए ।

त्यस्तै पोखरा–११ नमूनाटोलस्थित घर पहिरोमा पुरिँदा ४२ वर्षिय लक्ष्मण सार्कीको मृत्यु भएको पनि डिएसपी हमालले बताए । उनकी १४ वर्षिया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन । त्यस्तै पोखरा–११ बसेरीमा पनि पहिरोमा परेर तीनजना घाईते भएको छन् ।

बुधबार बेलुकी परेको भीषण वर्षापछि पोखरा आसपासका क्षेत्रमा पहिरो आएको छ । पहिरोले पोखरा २० मा धेरै क्षती गरेको पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।

पोखरामा केहि वर्षयता अस्वभाविक वर्षा भैरहेको छ । जमिनभित्रको चुनसँग पानी मिसिँदा ठाउँठाउँमा भासिएको छ । पोखराभरीका सडकमा खोला बगेको थियो ।

पोखरा ५ स्थित फिर्के पुल बगाएको छ भने विभिन्न छोरेपाटन, कमलपोखरी, लेखनाथ क्षेत्रका केही भागमा डुवान भएको थियो । पोखरामा वितेको २४ घण्टामा २ सय २१ दशमलव ४ मिलिमिटर पानी परेको हावापानी कार्यालय पोखराले जनाएको छ ।

त्यसै गरी पोखरा १३ काहुँखोलामा पनि बाढीले ठुलो क्षती भएको छ । बाढीले काहुँखोला वरपरका घरहरुमा क्षती पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese