no comments

पोखरा १४ चाउथेका बासीन्दा आन्दोलीत, आसफाल्ट प्लान्टमा आवरोध

पोखरा, २३ फागुन/  स्थानीयलाई विाना सुचना आसफाल्ट प्लान्टको स्थापना गरेको भन्दौ पोखरा महानगरपालिका १४ चाउथेमा स्थानीय आन्दोलीत भएका छन् ।

निमार्णधीन पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको पेरि फेरी रोड निर्माण कार्य गर्नका आसफाल्ट प्लान्ट स्थापना गरेपनि अहिले पोखरा क्षेत्रभरी त्यहीबाट काम भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

वातावरणीय पूर्वी अनुसन्धान (ईआए)को अनुमती नलिई उत्तरपूर्वी विजयपुर खोलातर्फ आसफाल्ट प्लान्टबाट मानव बस्तीका स्वास्थ्यमा असर गरेको भन्दै आलोलनमा उत्रिएका हुन् ।

वातावरणीय पूर्वी अनुसन्धान एवं अनुमती नलीई कुनै पनि न्यूनतम मापदण्ड पालन नगरि पोखरा क्षेत्रका सम्पूर्ण सडकलाई असफाल्ट पिच गर्न प्रयोग गरि रहेपछि आन्दोलनमा उत्रिन परेको स्थानीय हेमन्त ढकालले बताए ।

मानव बस्ती भन्दा करिब ५० मिटरको दुरीमा स्थापना गरिएको सो आसफान्ट प्लान्टले लामो समय देखि यस क्षेत्रमा वातावरणीय तथा वरपरका विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको र सर्वसाधारणहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको उनले बताए ।

बेला बेलामा सम्वन्धित निकायलाई जानकारी गराउदा पनि व्यवस्था गरेको र उल्टै बल प्रयोग गरि डर र त्रास देखाएको स्थानीयको भनाई छ । नागरिकको स्वास्थ जीवन यापन गर्न पाउने नैसग्रिक अधिकारलाई बन्चित गरिएको उनीहरुको आरोप छ ।

TechSansar.com - Technology Navigator website for Nepalese