no comments

पोखरा विमानस्थल निर्माण भएसगैं अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि पहल गर्न माग

पोखरा, २ चैत / पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि तत्काल पहल गर्नु पर्ने वत्ताहरुले माग गरेका छन् ।

रेडियो अन्नपूर्णले आयोजना गरेको छलफल कार्यक्रममा विमानस्थल निर्माण भएसंगै त्यसलाई संचालनको लागि अन्तराष्ट्रिय हवाई उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै केही बाधा अड्चन आएकोले त्यसलाई सरोकार निकायले समयमै समस्या समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् ।

पोखरा विमानस्थल कान्वयन इकाई परामर्श समितिका इन्जिनीयर याम बहादुर भण्डारीले हालसम्म पोखरा विमानस्थल निर्माणको कार्य अन्र्तगत भौतिक प्रगती ७२ प्रतिशत सम्पन्न भएको बताए ।

तोकिएको समय सिमा भित्र उत्त योजनाको निर्माण कार्य सक्ने गरी हाल निर्माण कार्य दु्रत गतिमा अघि बढेको बताए । उनले हाल दैनिक जसो ३ सय चाइनिज र ४ सय जसो नेपाली कामदार उक्त योजनामा लागि परेको जनाए ।

पोखरामा ल्याण्ड फिल्ड साइडको व्यबस्थापन, इन्दन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई व्यबस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनीयर भण्डारीले बताए ।

पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उनको भनाई थियो । वाइडवडि (ठुलो जहाज) ल्याउन धावन मार्ग भयर मात्र नहुने बताएका इन्जिनीयर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताए ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले देश संघियताा गएसंगै अझै पनि केन्द्रिकृत सोचले गर्दा यसको मारमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पनि पर्न सक्ने आशंका व्यत्त गरे । विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनु पर्ने उनको भनाई थियो ।

पोखरा विमानस्थल निमार्ण भएसंगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दाबी गरे । एभरेष्ट क्षेत्र भन्दा पोखरा अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुदा पोखरा क्षेत्रमा अन्तराष्ट्रिय हवाई उडान भएसंगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दाबी गरे ।

८० प्रतिशत जसो नेपालमा विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउने हुदा हवाई उडानलाई नै बढी व्यबस्थित र विश्व बजारमा प्रचार प्रसार गर्नुपर्ने उनको भनाई थियो । उनले भने “सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दीनको हो, नेपालमा पर्यटकको बसाई अवधि १२ दिन मानिन्छ, सिंगापुरमा एक करोड पर्यंटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ । ”

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्वशंकर पालिखे अबको १ सय १८ दिनमा पोखरा विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल निर्माण कार्य सम्पन्नता भएको हस्तान्तरण गर्ने दिन नजिकीदै गर्दा उत्त विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।

समय सिमा भित्र चाइना कम्पनीले उक्त विमानस्थल निर्माण कार्य सके पनि पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म खासै पहल नभएकोेले अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उनले बताए । उनले भने “ अझै पनि केन्द्रिबाद सोचले गर्दा पोखरा विमानस्थलले प्रथामिकता नपाउने होकि भन्ने हाम्रो चिन्त्ता हो, नियतवस पोखरा अन्तराष्ट्रिय विमानस्थललाई असफल बनाउने कार्यमा केही शत्ति लागेका होलान, हवाई उडानको लागि जुन रुपमा गर्नु पर्ने गृहकार्य क्यान र नेपाल सरकारले खासै गरेको पाइएको छैन ।”

केन्द्रिकृत सोचको उपज पोखराको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको नामाङकरण भएको अभियान्ता पालिखेको भनाई छ । ३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्त्ता व्यत्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन वे भएमा अन्तराष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे ।

नेपाल आउने सिमरा र नेपालगन्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हुदा भारतसंगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नु पर्ने अबस्था रहेको पालिखेको भनाई छ । राष्ट्रिय गौरवको योजना अनुरुप अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा पोखरा विमानस्थलको बिषयमा समेत गम्भिर हुन उनले सरोकार पक्षलाई आग्रह गरे ।

पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण भएसंगै सरकारले उत्त विमानस्थल संचालन गरेसंगै त्यसलाई दिगो रुपमा लैजान निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको बताए ।

पोखरामा करिब १० लाख पर्यटक भित्रिएको अबस्थामा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालन भएको खण्डमा पोखरामा बार्षिक २५ लाख पर्यटक भित्राउन सक्ने उनले दाबी गरे । २ हजार ४ सय २ जना अनसनमा बसेर सिंह दरवारसम्म घेर्न पुगेका पोखरेलीले पोखरा विमानस्थल संचालनमा कुनै ढिलाई गरेमा पुनः एक धक्का दिने गरी आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

उनले भने“ पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनको लागि कुनै प्रकारको दबाब आवश्यक परे लाखौं मान्छेको धक्का दिन हामी तयार छौं । ” जग्गा अधिग्रहण गर्ने बिषयमा पटक पटक स्थानियलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड दियर मात्र उनीहरुलाई ब्यबस्थापन गर्नु पर्ने त्रिपाठीको भनाई छ । कार्यक्रमको संचालन बासुदेव मिश्रले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese