no comments

पोखरा दुर्घटनामा परी दुई जनाको मृत्यु

पोखरा, ३ फागुन/ पोखरा दुई ठाउँमा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । पोखरा ७ बुलौदी र पोखरा २५ हेम्जामा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो ।

पोखराको लेकसाइडबाट जिरो किलोमिटर तर्फ जादै गरेको ग१३प ३९२५ नम्बरको मोटरसाईक दुर्घटना हुदाँ स्याङजा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ बर्षिय विवेक क्षेत्रीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

राति एक बजे भएको दुर्घटनामा परी सोही ठाउँका २५ बर्षिय दिवश गुरुङ घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको अवस्था गम्भिर रहेको छ ।

त्यसै गरी पोखरा महानगरपालिका वडा नं. २५, याम्दीमा सवारी दुर्घटना हुँदा स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको छ ।

भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हमालले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो । दुबै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese