no comments

पोखरा ३२ कालिकानगर डुबानमा, निकासका लागि प्रदेश सांसद कोइरालाको पहल

पोखरा, १८ असार/ पानीको निकास नहुँदापोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित कालिकानगर डुबानमा परेको छ । लगातारको वर्षापछि आएको भलपानी र स्थानियबिजयपुर बेगनास सिंचाई आयोजनाकालागिबनेको नहरको पानीसमेत मिसिएर कालिकानगरमाजम्माहुँदा सो क्षेत्र डुबानमा परेको हो ।

कालिकानगर डुवानमा परेको जानकारी प्राप्त गरेको भएपछि उक्त क्षेत्रकाप्रदेश सांसद दीपककोइरालाले निकासको लागिपहललिनु भएको छ । पानीले उचित निकास नपाउँदा कालिकानगर क्षेत्र डुबानमा परेको स्थानियशिवजी लामिछानेको भनाईछ । त्यस क्षेत्रका करीब ६० घर डुबानमा परेका छन् ।

बाढी तथापहिरो ब्यबस्थापन समितिका संयोजकसमेत रहेका लामिछानेले बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनाएको नहरको पानी डाँडाको नाकप्रहरी चौकीसँगै जोडिएको कल्भर्ट बाटो तलनखोलेर लेखनाथको तालचोक, भण्डारढीकतर्फ पठाईनु, घोतघोतेबाटपनि निकास नदिई कालिकानगरतर्फ मात्र पठाउँदा त्यसको असर कालिकानगरमा देखिएको गुनासो गर्नुभयो ।

डाँडाकोनाक र घोतघोतेबाट पानीसेतीतर्फनियमितबग्नदिनु पथ्र्यो, तर त्यहाँबन्द गरेर सबै हाम्रोतिर पठाउँदा हाम्रो क्षेत्र डुबानमा प¥यो,उहाँको भनाई थियो । कालिकानगरको पूर्वी क्षेत्रमाउद्योगी हरि पाण्डे, शुन्दरकुमार श्रेष्ठ लगायतले पर्खाल लगाएर निकास नदिदा स्थानियले शास्ती बेहोर्नु परेको बताएका छन् ।

कालिकानगर क्षेत्र डुबानमा परेपछि त्यहाँको पानीको निकासकालागि गण्डकी प्रदेश सभा सदस्यदीपककोइरालाले पहलथाल्नु भएको छ। सांसद कोइरालाले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सडक डिभिजन कार्यालय कास्कीकाप्रमुख सुनिलबाबु पन्त , जलश्रोत सिचाई डिभिजन कार्यालयका प्रमुख किरण आचार्य, ३२ नं वडाका वडाध्यक्ष अक्कलबहादुर कार्की, वडासदस्य लगायतलाई सँगै लगेर सो क्षेत्रको अवलोकनगर्दै निकासका लागि पहलकदमी लिनुभएको हो ।

अवलोकनका क्रममा कोइरालाले प्रजिअ गौतम लगायतलाई डाँडाको नाकचौकी, घातघोते लगायतका क्षेत्रबाट तल्लो क्षेत्रमा रोकिएको पानीको निकास खोल्ने, हरि पाण्डेलगायतको क्षेत्रबाट जमिनमा क्षेतिनपुग्ने गरि निकास दिन आग्रह गरर्नुभयो । उहाँकोे आग्रहलाई प्रजिअगौतमलगायतले स्वीकार्दै तत्काल सरोकार वालाहरुसँग समन्वय गरेर पानीको निकास दिने प्रतिबद्धता जनाउनु भएको थियो । महानगर कार्यालयसँगपनि समन्वयहुने बताए ।

सो अवसरमा सांसद कोइरालाले त्यस क्षेत्रमावर्षेनी बाढीको समस्याहुने भएकाले यसको दिर्घकालीन समाधानका लागि आवश्यक भूमिका खेल्नेसमेत बताउनु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese