no comments

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन / नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ । भारत आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese