no comments

नारायण प्यानलको घरदैलो जारी, प्रतिवद्धता सुनाउँदै, भोट माग्दै

पोखरा, २२ पुष/ पोखरा उद्योग वाणिज्य महासंघको ३३ औं महाधिवेशनमा हुने निर्वाचनका लागि नारायण कोईराला प्यानलको घरदैलो अभियान जारी छ ।

बुधबार कोईराला प्यानल घरदैलो अभियानका लागि पोखराको काहुँखोला, बाँझापाटन, शितलादेवी, रानीपौवा, महेन्द्रपुल, हरिचोक, टुँडिखेल, विन्ध्यवासिनी, अर्चलबोट, बाग्लुङ बसपार्क, पस्र्याङ, मालेपाटन लगाएत क्षेत्रमा पुगेको थियो ।

अभियानकै क्रममा मतदाताले अनुभवी, संघको नेतृत्व गर्न सक्ने क्षमता भएको, प्रक्रियागत ढंगबाट अगाडि बढको लगाएत कारण राम्रो समूह रहेको भन्दै जीतको शुभकामना दिए । राम्रा उम्मेदवारलाई भोट दिन आफुहरु तयार रहेको मतदाताको भनाई छ ।

पोखरा शितलादेवीका सत्य ईन्टर प्राईजेजका सञ्चालक डम्बरबहादुर श्रेष्ठले चुनावी घरदैलोको अभियानको क्रममा नयाँ अनुहारसँग भेटघाट हुन पाएको प्रतिक्रिया दिए । प्यानल राम्रो बनेको उनको भनाई थियो । आफु पनि २०३० देखि लगातार तीन कार्यकाल कार्य समिती सदस्यमा रहेर काम गरेको भन्दै उनले काम गर्नको लागि समूहका सबै उत्कृष्ट हुनुपर्ने बताए ।

नारायण कोईरालाको प्यानल राम्रो भएको कारण प्यानलले नै जितेमा काम गर्न सहज हुने उनले सुनाए । ‘हाम्रो पालामा चुनाव भन्ने हुनेथिएन । सबै एउटै मन भएका कार्यसमितीमा हुन्थ्यौं । त्यसैले काम गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘यो पटक पनि नारायणको प्यानल नै राम्रो छ । यही टिमले जितेमा काम गर्न सहज होला, नत्र गाह्रो हुन्छ ।’

घरदैलो अभियानको क्रममा केहिको पहिला जितेर गएका कार्यसमितिले आफुहरुको समस्या सम्बोधन नगरिदिएको गुनासो पनि गरेका थिए । उद्योगी व्यासायीहरुको समस्या समाधान गर्नकै लागि नारायण कोईराला प्यानललाई जिताउन अध्यक्षका उम्मेद्वार नारायण कोईरालाले आग्रह गरे ।

आफ्नो प्यानललाई जिताएमा सबैभन्दा पहिला व्यावसायीको समस्या सम्बोधन गर्न तर्फ आफ्नो टिम तल्लिन रहने उनले बताए । आफुले विभिन्न समयमा विभिन्न पदमा रहेर काम गर्दा उद्योगी व्याबसायीको समस्या राम्रैसंग बुझेकाले काम गर्न सहज हुने उनको भनाई थियो ।

उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार चिनुकुमारी गुरुङले आफु विजयी भएर आएको खण्डमा उद्योगी व्यावसायीकै हक हित र समस्यासँग नजिक रहेर समस्या समाधान तर्फ लाग्ने जानकारी दिईन् ।

आफु महिला भएको कारण पनि महिला उद्योगी व्यावसायीको समस्यामा बढी केन्द्रित रहने उनले बताईन् । महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने उनको भनाइ छ ।

वाणिज्य तर्फका उपाध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलले सबै उद्योगी व्यावसायी, पर्यटन व्यवसायीसंग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाए । पोखरामा देखिएका समस्याहरु पार्किङ, फुटपाथ, घरभाडा, बाटोको समस्या समाधानको लागि पैरवी गर्ने उनको योजना छ ।

सामुहिक रुपमा रहेका एजेण्डाहरु रव्यावसायिक हितको लागि काम गर्ने उनको भनाई छ । पछिल्लो समयमा पोखरा उद्योग वाणिव्य संघको साख गिरेको गुनासो आफुले सुनेको भन्दै पोखरेलले पूरानो विरासत सुरक्षित राख्न तल्लीन रहने उनी बताउँछन् ।

कोरोनाले निम्त्याएको बिषमतालाई चिर्दै व्यवसायीहरुको हक रक्षाको लागि आफ्नो पहिलो प्राथमिकता रहने.महासचिव पदका उम्मेद्वार सुरेन्द्रमान विजुक्छेले बताए । राजनीतिक छाप नदेखिने गरि उद्योग वाणिज्य संघको काम गर्ने उनको तयारी छ ।

कोषाध्यक्ष तर्फका उम्मेद्वार बलराम आचार्यले संघलाई सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यावसायीहरुको साझा संस्था बनाउने प्रतिद्धता सुनाए । संघको सचिवालयलाई ¬(सुदृढीकरण गर्दे सदस्यहरुको घरमै सेवा सुविधा पु¥याउने प्रणालीलाई व्यवस्थीत बनाउने उप महासचिव पदका उम्मेद्वार केशव बहादुर खत्रीले बताए ।

यो समूहबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) पनि निर्विरोध भए । अन्य सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।

कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese