no comments

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला विजयी (कस्को कति मत)

पोखरा, २६ पुष / पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोईरालाले विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पराजित सुवेदी भने निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् ।

कुल २ हजार ३ सय ६५ कुल मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यहरु कोइराला प्यानलबाट विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति पहिले नै निर्विरोध निर्वाचित भएका थिए ।

उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की १ हजार ३ सय २७ मतले विजयी भएका छन् । कार्कीले कोइराला प्यानलकी चिनुकमारी गुरुङलाई हराए । गुरुङले १ हजार १४ मत प्राप्त गरीन् ।

त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल १ हजार २ सय ४४ मतका प्राप्त गर्दै विजयी भए । सुवेदी प्यानलका निवर्तमान कार्यकारिणी सदस्य सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरे ।

महासचिवमा कोइराला प्यानलबाट निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे १ हजार ५ सय १४ मतले विजयी बने । उनका प्रतिष्पर्धी सुवेदी प्यानलका धनीराम बरालले ८ सय २७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कोइराला प्यानलबाट निवर्तमान सदस्य बलराम आचार्य १ हजार २ सय ६२ मत ल्याउदै विजयी भए । उहाँका प्रतिष्पर्धी सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगानाले १ हजार ७० मत प्राप्त गरे ।

उपमहासचिवमा केशबबहादुर खत्री विजयी भए । नारायण कोइराला प्यानलबाट उपमहासचिव पदको उम्मेदवार बन्नु भएका खत्रीले सुवेदी प्यानलका धर्मराज बर्तौलालाई पराजित गरे । खत्रीले १ हजार ३ सय २३ र बर्ताैलाले १ हजार १३ मत प्राप्त गरे ।

खुला सदस्य पदमा शोभा गौतम १ हजार ७ सय, देवेन्द्र केसी १ हजार ६ सय ८५, कुमारी मुना बाँस्तोला १ हजार ६ सय २६, उत्तममान वुद्दाचार्य १ हजार ५ सय ९७, सुदीप प्रधानांग १ हजार ४ सय १४, हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी १ हजार ३ सय २३, दिनेशचन्द्र बाँस्तोला १ हजार २ सय ८२, सुदनबहादुर कोइराला १ हजार २ सय ७९ र पवित्रा गुरुङ १ हजार २ सय ४१ मत ल्याइ विजयी भए ।

खुला सदस्यमा विजयी गुरुङ बाहेक नौजना कोइराला प्यानलबाट प्रतिष्पर्धा गरेका थिए । संघको सदस्यको पदमा वस्तुगततर्फ ४ जना विजयी हुनु भएको थियो ।

बालकृष्ण कोइराला, राजेन्द्र गोङगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी हुनु भएको हो । गोङगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल भने गोलाप्रथाबाट विजयी बन्नु भएको हो ।

वस्तुगत तर्फ २९ मत थियो भने ८ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन हुनु भएको थियो ।

जम्मा २ हजार ९४० मध्ये निर्वाचनमा २ हजार ३ सय ६५ मत खसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese