no comments

गुमेको विश्वास फर्काउन नारायणको प्यानल

पोखरा, १९ पुष / पोखरा रामबजारमा लालदिप स्टोर्स सञ्चालन गरिरहेका निरज थापा लामो समयदेखि पोखरा उद्योग बाणिज्य संघमा निस्क्रिय भएर बसे । सामाजिक संस्थाको निर्वाचनमा राजनीतिक दलवल बढेपछि उनलाई संस्थाप्रति बितृष्णा बढ्यो ।

आईतबार नारायण कोईराला प्यानल सहित भोट माग्न जाँदा उनी खुशी भए । भन्छन् ‘यो पटक राजनीतिक गन्ध देखिनँ । आस्थाको आधारमा एउटै भएपनि नारायणको प्यानलमा मैले त्यो स्वार्थ देखिनँ ।’

पोखरा उद्योग वाणिज्य संघमा राजनीती छिरेकोमा उनको असन्तुष्टि रहेकै कारण उनी निस्क्रिय थिए । यो पटको चुनावमा सक्रियता देखाउँदै आफु पनि मतदानमा सहभागी हुने उनले सुनाए । नारायण कोईरालाको प्यानल जितेर आए उद्योग बाणिज्य संघको गिर्दो साख जोगाउने उनको विश्वास छ ।

नारायण कोईरालाको टीममा सबै पुराना अनुहार भएकोले चुनाव जित्ने बताउँछन्, सत्कार ग्रोसरीका संचालक दिपकबहादुर थापा । उनले भने ‘नयाँ सदस्यता लिएको केही वर्षमै ‘भाईटल’ पोष्ट खोज्नेहरुले हाम्रा समस्या बुझ्न सक्दैनन् । हाम्रो समस्या बुझेर समाधान गर्ने नारायण कोईराला कै प्यानल देखेँ ।’ बुद्धचोकमा ऋषि ब्रदर्स संचालन गरिरहेका ऋषि सापकोटाको पनि यस्तै धारणा छ ।

पोखरा प्रदेशको राजधानी भएकै कारण पनि पोखरा उद्योग बाणिज्य संघले समग्र प्रदेशकै प्रतिनिधित्व गनुपर्ने र त्यसका लागि सक्षम ब्यक्तिले नेतृत्व गर्नुपर्ने उनको सुझाव छ । ‘पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष भनेको प्रदेशकै आईडल हो । त्यसकारण सही व्याक्तिको हातमा नेतृत्व पुग्नुपर्छ,’ उनले भने ।

अमरसिंहचोकको योर्स ट्रेड कन्सर्नका संचालक पृथ्वीराज तिमिल्सिना नातावाद भन्दापनिमाथी व्यवसायीको समस्यामा रहेर काम गर्ने नेतृत्वको खोजीमा छन् । नारायण कोइराला प्यानलमा खोट लगाउने खालको कोही नभएको उनले बताए ।

नारायण कोईरालाको प्यानल चुनावी घरदैलो अन्र्तगत आईतबार अमरसिंह चोक, उत्तमचोक, बुद्धचोक, ईन्द्रचोक, रामबजार, सभागृहचोक, पृथ्वीचोक लगाएत स्थानमा पुगेको थियो । अध्यक्षका प्रत्यासी कोइरालाले मतदाताको विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए ।

‘हामीसँग उद्योगी व्यवसायीको ठूलो विश्वास छ । वहाँहरुले सफल नेतृत्वको अपेक्षा गर्नुभएको छ,’ उनले भने, ‘त्यो हाम्रो प्यानलले पूरा गरिछाड्छ । उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायीकै अभिभावक बन्ने छ ।’ महासचिव पदका उम्मेदवार सुरेन्द्रमान विजुक्छे व्यक्तिवाद त्यागेर समूहगत निर्णयमा ध्यान दिने र उद्योग वाणिज्य संघमा प्रणालीको विकास गर्ने बताउँछन् ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।

कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese