no comments

प्रदेश सरकारको सत्ता समीकरणको लागि कागे्रस पर्ख र हेरको अवस्थामाः प्रवक्ता दवाडी

पोखरा, ५ माघ / गण्डकी प्रदेश काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले प्रदेश सरकारको सत्ता समीकरणको लागि पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले प्रतिनिधिसभा विघटनको बारेमा सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताए ।

जनताले नेकपालाई ५ वर्षका लागि सत्ता चलाउन दिएको हुँदा काँग्रेस तत्काल सरकार ढाल्ने पक्षमा नभए पनि काँग्रेस बिना सरकार नबने अवस्था रह्यो भने मात्र सोच्नुपर्ने बताए ।

नेकपाले जनताका नाममा संघीयता मारेर जनताकै अपमान गर्दा काँग्रेस खुसी हुने ठाउँ नरहेको बताए । उनले नेकपा आफै सिद्धिएको छैन, एउटा व्यवस्था नै सिद्धिएको र राजनीतिप्रति जनताको विश्वास गुमेको बताए ।

उनले तोकिएको समयभन्दा २ वर्ष अगावै ताजा जनमतमा जान पाउनु प्रतिपक्षीका लागि सबैभन्दा खुशीको कुरा हो, त्यो पनि सत्तारुढ पार्टी विभाजित भएको बेला । तर म कत्तिपनि खुशी नरहेको बताए ।

उनले जनताको प्रतिनिधि बनेर आएपछि राज्यले दिने सबै सेवा सुविधामा जनताकै लागि खर्च गरेको बताए ।

उनले पहिलो वर्ष १२ लाखभन्दा बढि, दोश्रो वर्ष १० लाख र यस वर्ष करिब ९ लाख विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सहयोग गरेको बताए । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese