प्रगति पथमा प्रदीप

प्रदीप खड्का

पोखरा, १३ असार/प्रदीप खड्का नेपालका पूर्व नम्बर १ लन टेनिस प्लेयर हुन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल खड्काको खेल जीवनमा यी र यस्तै थुप्रै मेडलले घरको भित्ता सजिएको छ ।

२३ वर्षीय खड्काको खेल जीवन २०६५ सालदेखि सुरुआत भएको हो । लनटेनिसमै १३ वर्ष बिताइसकेका उनले आफूलाई अझ निखारलता ल्याउन माल्दिभ्समा थप कोर्स पनि पूरा गरेका छन् । माल्दिभ्समै रहँदा उनले अकु टेनिस एकेडेमीमा कोचको भूमिका पनि निर्वाह गरेको बताएका छन् ।

पोखरा महानगरपालिका ५, पस्र्याङ जन्मेका खड्काको स्थायी ठेगाना नेपालको पूर्वी जिल्ला ओखलढुंगाको सिस्नेरी–३ हो । बाबु लालबहादुर खड्का र आमा रत्नमाया खड्काका छोरा प्रदीपले पोखराकै वाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् ।

पढाइ र खेलसँगसँगै अगाडि बढाएका उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेको रेकर्ड छ ।

लुम्बिनी ओपन नेश्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमशः मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता उनै खड्का सन् २०१९–०२० मा नेपालका नम्बर नं। १ टेनिस खेलाडी हुन् ।

उनी सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७ औं माछापुच्छे« बैंक ओपन एण्ड भेटेनान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेण्ड रनर अप हुन सफल भएका थिए ।

साथै दोस्रो ललितपुर डिष्ट्रिक्ट नेश्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेण्ड रनर अप, १० औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेण्ड रनर भए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा उनै प्रदीप खड्का वर्ष उदीयमान खेलाडी विधामा मनोनीत हुन सफल भएका छन् ।

उत्कृष्ट ३ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनले टेलिफोनमार्फत प्रतिक्रिया दिए । उनले भने, ‘खेल्दै जाँदा मूल्यांकन हुँदो रहेछ । प्रतिष्ठित स्पोर्टस् अवार्डको मनोनयनमा पर्नु आफैमा खुसीको विषय हो ।’

यो विधामा प्रदीपसहित पौडीकी दुवाना लामा र क्रिकेटका विपीन खत्री पनि मनोनयनमा परेका छन् । तीमध्ये उत्कृष्ट एक जनाले नेपाल खेलकुद पत्रकार दिवस अवसरमा असार १८ मा हुने स्पोर्टस् अवार्डमा नगद ३५ हजारसहित अवार्ड हात पार्ने छन् ।

Editor: