no comments

पार्टीको नाम र सूर्य चिह्न कसैले खोसे भने आँधीहुरी आउछ- नेकपा अध्यक्ष प्रचण्ड

पोखरा, २८ पुस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न आफ्नै पक्षको हुने दावी गरेका छन ।

पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गदै उनले सूर्य चिह्न कसैले खोस्यो भने आँधीहुरी बतास आउने चेतावनी दिए ।

उनले भने आफूहरुसँग पाटीको ७० प्रतिशत रहेकाले सुर्य चिन्ह कसैले खोस्न सक्दैन खोस्यो भने आँधीहुरी बतास आउँछ ।

प्रचण्डले पार्टी भित्रको विवाद विचारको लडाइ भएको बताउनु भएको छ ।कतिपय मानिसहरुले पार्टीभित्रको विवादलाई पदको लडाइ भनेर व्याख्या गर्ने गरेको भन्दै त्यस्तो व्याख्यालाई आफूले खारेज गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवादलाई पूर्व एमाले र पूर्व माओबादी बनाउने कसरत गरेको आरोप लगाए ।

ओलीले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् । प्रचण्डले पुर्र्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन् ।

प्रचण्डले भने, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेको ?’ जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो ? उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन्।

‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त ?,’ प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे।

‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।’

TechSansar.com - Technology Navigator website for Nepalese