no comments

ओली समुहको पोखरामा मोटर्साइकल ¥यालीको तयारी

पोखरा, ३ फागुन/प्रधानमन्त्री केपि शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन १३ गते पोखरामा मोटरसाइकल ¥याली गर्ने भएको छ।

प्रधानमन्त्री ओलीले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पुर्ब तयारी स्वरुप मोटरसाइकल ¥याली गर्न लागिएको हो।

आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजनामा ¥याली गर्न लागिएको समितिका संयोजक तथा पार्टिका केन्द्रिय सदस्य राजिब पहारीले जानकारी दिए।

उनले र्यालिमा १० हजारको संख्यामा मोटरसाइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पुर्णमा अपिल गरेका छ्न्।

मंगलबार पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा पहारीले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको बताए ।

पहारीले प्रचण्ड माधब समुहलाइ चुनाब मार्फत जनताबाट अनुमोदित हुन समेत चुनौती दिए।

समितिका सह संयोजक उपाध्यक्ष सन्तोष रावलले फागुन १३ गते पोखराको अमरसिंह चौरबाट शुरु हुने मोटरसाइकल ¥याली ऎतिहासिक हुने दाबी गरे।

१४ गते युबा स्वयंसेवकहरुले पोखराको सभागृहबाट मार्चपासमा सहभागिता जनाउने उल्लेख गरे।

TechSansar.com - Technology Navigator website for Nepalese