no comments

माई होटल पोखराले पोखरा स्पोर्टस् अवार्डको उदयमान खेलाडीको पुरस्कार प्रायोजन

पोखरा, ३ चैत / पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ को मिति नजिकिँदै गर्दा सहयोगीदाता पनि बढ्दै गएका छन् । यसैक्रममा पोखरा लेकसाइडमा सञ्चालित माई होटलले प्रायोजन गरेको छ ।

होटलका प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी र बानियाँबीच मंगलबार सो सम्बन्धमा सहमति भएको छ ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् ।

मञ्चले केही विधामा पुरस्कार राशि वृद्धि गर्दै उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डतर्फ पुरस्कार राशि ३५र३५ हजार रुपैयाँ पु¥याएको छ । यसअघि उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई २५र२५ हजार, उत्कृष्ट खेल संघलाई १५ हजार र पत्रकारलाई २० हजार नगद दिइँदैआएको थियो ।

अवार्ड सम्पन्न गर्न २६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको आर्थिक संकलन समिति संयोजक शशि पौडेलले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese