no comments

तनहुँको मानुङ डाँडा जाँदै गरेको माइक्रो दुर्घटना, पोखराकी एक महिलाको मृत्यु

तनहुँ, ३ मंसिर / तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मानुङडाँडाबाट सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पोखरा महानगर पालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको दमौलीमा उपचार भैरहेको छ । हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब बाटोबाट तल भिरमा खसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese