no comments

कास्कीको मेलबोटमा टिप्पर दुर्घटना

पोखरा, ३० साउन / पोखरा महानगरपालिका–२५ हेम्जा मेलबोट देखी माछापुच्छ«े गाउँपालिकाको सिदिङ सडक खण्डमा शुक्रबार टिप्पर दुर्घटना भएको छ ।

बालुवा लिएर पोखरातर्फ आउँदै गरेको ग१ख ९०९० नम्बरको टिप्पर मेलबोट नजिक दुर्घटना भएको हो । बर्षाले जीर्ण बनाएको सडक मर्मत नहुँदा टिप्पर दुर्घटना भएको स्थानीय बताएका छन् । टिप्परमा रहेका चालक र सहचालक सकुसल छन् ।

सो सडक खण्ड गत वर्ष पुस मसान्तसम्म निर्माण सकेर निर्माण कम्पनीले हस्तान्तरण गर्नुपर्ने भएपछि अहिले सम्म सकिएको छैन । सडक हिलाम्मे र खाल्डा खुल्डी हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese