लोकतान्त्रिक खेलकुद संघको संयोजक घोषणा पोखरामा

खेलकुद

पोखरा, २१ माघ/ नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखराबाट गरेको छ । बुधबार संघ केन्द्रिय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थन गराए ।

संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेका थिए । संघको केन्द्रियकार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल (नेपालगञ्ज), महासचिव सुवोध प्रधान (चितवन), सचिव विरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिषजोशी (काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ ।

सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रवि महर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चनकार्की, पंकज पाण्डे (बारा), जयगोपालश्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन

(रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनरामशाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमानश्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपालकार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ)लाई मनोनित गरेको छ ।

संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरीबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ ।

संयोजक घोषणा भईसकेपछि उनिहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । खेलकुद क्षेत्रमाभएको विकृति विसंगति हटाउनका लागिलोकतन्त्र प्रेमी खेलाडी हरुलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो । संघले स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकाशमा उल्लेखनिय भूमिका खेल्दै आएको उनको भनाई थियो ।

 

Editor: