no comments

वृद्धाश्रममा सहयोग र वृक्षारोपणमा लायन्स क्लब अफ पोखरा सेन्टर

पोखरा, २० साउन / लायन्स क्लव अफ पोखरा सेन्टरले आफ्नो स्थापनाको अवसरमा कृष्ण प्रणामी वृद्धाश्रममा आवस्यक खाद्धयान्न तथा कपडा वितरण गरी मनायो । स्थापनाको २३ औं वार्षिकउत्सको अवसरमा खाद्धयान्न वितरण सँगै सोहि स्थानमा वृक्षारोपण पनि गरेको हो ।

कार्यक्रमका प्रमुख अथिती विशेश्वर आचार्यले लायन्सको सेवा वितरण मुखी भन्दा पनि उत्पादन र दिर्धकालमा पनि लाभ लिन सक्ने गरी गर्न सवैलाई अनुरोध गरे । उनले भने–“हामी लायन्सहरु देखाउने गरी भन्दा पनि देखिने गरी सामाजिक सेवामा लाग्न जरुरी छ ।”

क्लवले केहि नया सोचका साथ सकारात्कम तरिकाले वार्षिक उत्सव मनाउने योजना अनुसार रचनात्मक काम गरेको क्लवका अध्यक्ष वविन वाग्दासले जानकारी दिए । उनले भने–“हामीले लायन्स क्लवहरुले गर्ने सामाजिक कार्यलाई परम्परागत तरिकाले भन्दा पनि सकारात्मक प्रभाव पर्ने गरी गर्ने सोचले यो काम गरेका हौं ।”

कार्यक्रम क्लवका पुर्व अध्यक्ष तथा डिष्ट्रिक ३२५ वि १ का पिआरओ जगन्नाथ कोईरालाले आफ्नो वावाको स्मृती अवसर पारेर वृद्धाश्रममा खाद्धयान्न, झुल तथा आवस्यक सामाग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा वोल्दै पिआरओ कोईरालाले भने–“पुन्य काम पुन्य स्थानमा गर्न पाउँदा निकै खुशी लागेको छ ।” लायन्सहरु फेलोसिपमा भन्दा वास्तविक सामाजिक कार्यमा उद्धत् हुन जरुरी रहेको पनि पिआरओ कोईरालाको भनाई थियो ।

सामाजिक दुरी र वर्तमान कोरानाको त्रासवाट अगाढी वढ्दै आवस्यक सजकता अपनाउदै सम्पन्न भएको कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष कृष्ण कोईरालाले जानकारी दिए । कार्यक्रममा संयोजक कोईरालाले वृद्धाश्रममा आर्थिक उपार्जनका विरुवा वितरण पाउँदा निकै खुशी लागेको धारणा पनि राखे ।

विकासे जातका केरा, एभोकार्डो, लिचि, विकासे कटुस तेजपत्ता लगाएतका विरुवाहरु रोपेको थियो । कार्यक्रममा २३ वर्ष देखि लायन्समा लाग्ने संस्थापक ९ जना सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese