no comments

पोखरामा श्रीकृष्ण ज्वेलरीज संचालन

पोखरा, १४ माघ/ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा संचालनमा ल्याएका हुन् ।

विगत २६ बर्ष देखि सुन चाँदी व्यवसायीमा जोडिएका घिमिरे १३ बर्ष अर्कोको पसलमा सेल्समेनको रुपमा काम गरेको अनुभव सम्हाले घिमिरे १२ बर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल संचालन गरे पनि अब आफ्नो ढंगले व्यवसाय संचालन गर्ने उद्धेश्यले हाल उक्त पसल संचालन गरेका हुन् । लामो समय कामको अनुभव, आफ्ना साथे भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक घिमिरेले जनाए ।

आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१/२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी प्रदिप घिमिरेले बताए । प्रत्यक्ष रुपमा हाल ८ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब १५ जना आबद्ध भएको उनले जनाए । उक्त पसल सचालन गर्दा हाल करिब एक करोड ५० लाख रुपैया लगानी भएको ज्वेलरीजले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese