no comments

‘म माथि सांघातिक आक्रामणको सम्भावना’– प्रधानमन्त्री केपी शर्मा ओली

पोखरा, १७ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांघातिक आक्रामणको सम्भावना रहेको बताएका छन् ।

सोमबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार प्रभावकारी रुपमा अगाडि बढेको देखेर आफूमाथि आक्रामणको सम्भावना रहेको बताए ।

उनले ममाथि शारीरिक हमला भएर तल–माथि भए पनि अनौठो नमाने हुने बताए । उनले त्यसको सम्भावना देखेर आफु सर्तकता अपनाएका बताए ।

प्रधानमन्त्री ओलीले आफूमाथि र आफ्नो पार्टीमाथि भएको षड्यन्त्रको विरुद्धमा आफू पनि नरहने सक्ने तर विधि र प्रक्रियाको लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले देश र पार्टीलाई अन्धकारको बाटोमा जान नदिनका लागि कार्यकर्ताहरुलाई अनुशासित ढंगले काम गर्न आग्रह गरे । उनले आफूलाई गलत्याएर नभै विधि र प्रक्रियाबाट हटाउन प्रचण्ड माधव पक्षलाई चुनौती दिए ।

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गरे । कार्यक्रममा सरकारले विकासका काममा निरन्तर लागिरहेका कारण आगामी वर्ष डबल डिजिटमा आर्थिक बृद्धि हुने बताए । उनले दिगो विकास लक्ष्यलाई २०३० भन्दा अगाडी नै लक्ष्य पुरा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको प्रतिष्ठान निर्माण यो वर्षदेखि निर्माण सुरु भएको वहुवर्षीय योजना हो । ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ ।

भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँमात्र विनियोजन गरिएको छ । ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् ।

प्रधानमन्त्री ओलीले सोमबार नै पोखरा रंगशालाको निरीक्षण गरेको छन् । पोखरा रंगशाला पुगेने उनले खेलाडीलाई निरन्तर प्रशिक्षक सगँ तालिम लिइ रहन आग्रह गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese