no comments

विश्व करूणा दिवसका अवसरमा बृद्धालाई न्यानो कपडा

पोखरा, २७ कात्तिक/ हरेक वर्ष नोभेम्बर १३ लाई विश्व करूणा दिवसका रूपमा मनाउने गरिन्छ ।

कार्तिक २७ गते, विश्व करूणा दिवसका अवसरमा काइण्डनेस क्लब मदरल्याण्ड द्वारा मानवसेवा आश्रमका ६३ जना बृद्धा आमा र ९ जना बालबालिकालाई जाडोका लागि लत्ता कपडा वितरण गरेका छन् । क्लबले उनीहरुलाई खाजा पनि खुवाए ।

कार्यक्रममा मानवसेवा आश्रम कास्की शाखाका इन्चार्ज राजन सापकोटाले मानवसेवा आश्रमको उश्द्देयमाथि प्रकाश पार्दै काइण्डनेश क्लब मदरल्याण्ड एवं दुर्गामाया तथा देव एण्डर्सनलाई धन्यवाद दिए ।

कार्यक्रममा काइण्डनेश क्लब मदरल्याण्डका संस्थापक दुर्गामाया एण्डर्सन, सदस्यहरू कृपा बराल र इप्सु न्यौपाने लगाएतले क्लबको जारेमा जानकारी दिदै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese