no comments

खाष्टेताल महोत्सव सुरु, प्रकृती र सस्कृतीलाई पर्यटनसगँ जोड्नु पर्छः मुख्यमन्त्रि गुरुङ

लेखनाथ, १३ चैत्र / गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्वा गुरुङले प्रकृती र सस्कृतीलाई जोडेर पर्या पर्यटनको अवधारण अनुसार अगाडी वढ्न आग्रह गरेका छन् ।

विहिवार देखि कास्कीको लेखनाथमा सुरु भएको खाष्टे ताल महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश श्रेष्ठ मध्यको पनि श्रेष्ठ भएकाले यहाँ रहेका प्राकृति स्रोत र साधनको संरक्षण गर्दै मानव समृद्धिका लागि प्रयोग गनु पर्नेमा जोड दिएका हुन् ।

यहाँ रहेका प्राकृतिक सम्पदाहरुलाई आर्थिक समृद्धिसंग जोडेर लैजानु पर्नेमा जोड दिदै मुख्यमन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गदै मावनहितामा प्रयोग गदै आर्थिक समृद्धिसंग जोनुपर्नेमा जोड दिएका हुन् ।

उहाँले प्राकृतिक सम्पदाहरुलाई आर्यआर्जनसंग जोडेर विकास र समृद्धिमा प्रयोग गर्दा स्थानीयले समेत फाइदा लिनसक्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा प्रचुर सम्भावना भएको प्रदेश भएको बताउदै प्रदेशको राजधानी पोखरा सहर प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बताउनुभयो ।

पोखरा ताल, हिमाल लगायत विविधतायूक्त प्राकृतिक स्रोत र साधनले सुसुजित रहेको बताउदै यहाँको विकासका लागि तीनै तहको सरकाहरु वीच आपसी सहकार्य र समन्वय गरेर अगाडी बढने बताउनुभयो । मुख्यमन्त्री गुरुङले लेखनाथ र पोखरामा रहेका तालहरुको एकिकृत विकासका लागि योजना बनाएर अगाडी बढने बताउनुभयो ।

उहाँले यहाँका तालहरुलाई पर्यटकीय रुपमा विकास गदै आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले मेला, महोत्सवहरु पर्यटन विकासको पूर्वाधार समेत भएको बताउनु भयो ।

सोही अवसरमा पुर्व सभामुख तारानाथ रानभाटले तालको विशेषता अनुसार विकास गराउदै लैजानु पर्ने सुझाव राख्नु भएको थियो भने प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले वर्तमान सरकारले तालहरुको संरक्षणलाई जोड दिएको बताउदै प्रकृती र मानव विचको सम्बन्धलाई जिवन्त दिनका लागि यहाँ रहेका ताल तलैया र अन्य प्राकृती स्रोत र साधनलाई नविग्रने गरि संरक्षण गर्नु पर्ने धारणा राख्नु भएको हो ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण के सीले प्राकृती स्रोतहरु मानव जिवनका लागि अभिन्न अंग भएकाले यी प्राकृतीक वस्तुको संरक्षणमा साझा एजेण्डा चाहिने सुझाव राख्नु भएको थियो भने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अवको एक महिनामा यहाँ रहेका तालहरुको मापदण्ड कायम गरि ताल संरक्षणका लागि एकिकृत विकासका योजनाहरु ल्याउने धारणा राख्नु भएको थियो ।

यसैगरि कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले ताल संरक्षणका लागि एकिकृती गुरु योजना बनाएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउनु भएको थियो भने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल र पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले ताल तलैयाहरुलाई आय आर्जनमा जोड्ने गरि ब्यवसायी बनाउनु पर्नेमा जोड दिदै महोत्सव आयोजना गर्नु नै सफलताको सुचक भएको धारणा राख्नु भएको थियो ।

आयोजक सस्था खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरी प्रसाद अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष ईन्दु लामिछाने र धन्यवाद ज्ञापन प्रचार प्रसार संयोजक ईश्वरराज भण्डारीले गनु भएको थियो ।

यसैविच महोत्सव उद्घाटन पुर्व खरानेफाँट चोकबाट विभिन्न जात जाती,महिला तथा आमा समुह,टोल विकास सस्था र युवा क्लवहरुको सहभागीतामा करिव ७० भन्दा वढि समुहले आ आफनो सस्कृती झल्कने गरी भेष भुष सहितको सास्कृतीक ¥याली निकालेका थिए ।

चैत्र २२ गते सम्म चल्ने महोत्वमा विभिन्न प्रकृतीका ११० स्टलहरु रहेका छन् भने महोत्सवमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरङजनात्मक कार्यक्रमहरु हुने सह संयोजक शिवहरी ढुगानाले जानकारी दिएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese