no comments

शनिबार कास्की सहित गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने

पोखरा, २२ फागुन/ शनिबार अर्थात फागुन २२ गते गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत सेवा बन्द हुने भएको छ ।

पोखरा र कास्की जिल्ला सहित अन्य पाँच जिल्लामा विद्युत सेवा बन्द हुने प्राधिकरण जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले सुचना जारी गरेर जानकारी दिएको छ ।

विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सब स्टेशनमा १३२ केभी बसबार एक्सटेन्सन कार्यका लागि विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयभन्दा अगावै काम सकिएमा सो समयभन्दा अगाडि नै विद्युत सेवा सुचारू हुने प्राधिकरणले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese