no comments

कास्कीमा ५ दिन निषेधाज्ञा थप

पोखरा, ७ भदौ / पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ । पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो ।

निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान पोखरा महानगरपालिका कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।

पोखरा महानगरपालिकाको सिफरीसलाई जिल्ला संकट व्यवस्थपान समिति कास्कीले अनुमोदन गर्दै निषेधाज्ञाको थप्ने निर्णय गरेको हो ।

पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ३ गते राति १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा गरेको थियो । दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म हुने कास्की प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने परेको उनले बताए । १२ गते पछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको पोखरा महानगरको रहेको छ ।

पोखरामा २ सय ६४ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८८ जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ७ जना आइसोलेसनमा छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese