no comments

कास्कीमा लकडाउन खुकुलो, जोरबिजोर प्रणाली हट्यो

पोखरा, १७ भदौ/ कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कास्कीले लगाएको निषेधाज्ञा केही खुकुलो पारेको छ । यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकोमा भदौ १८ गतेदेखि हटाइने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मका लागि लम्ब्याएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

जोरबिजोर प्रणाली हटे पनि स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र तोकिएको मापदण्ड पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसल भने खोल्न नपाइने यसअघिको नियमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै कार्यक्रम, गोष्ठी तथा सेमिनारको हकमा पनि प्रशासन केही लचिलो बनेको छ । सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराएर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन् ।

TechSansar.com - Technology Navigator website for Nepalese