no comments

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा, २० फागुन/ पोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

स्याङ्जाको पुतलीवजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंघ कार्कीले जानकारी दिएका छन् ।

सो पुरस्कारवाट पुरस्कृत हुने पोखराका पत्रकार अथक रेडियो सराङ्कोटका समाचार प्रमुख तथा समयदृष्टि अनलाइनका सम्पादक समेत रहेका छन् ।

२०६८ सालदेखि यो पुरस्कार वार्षिक रुपमा वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्की र प्रतापजंग काकीले जानकारी दिएका छन् ।

सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिने विद्यालयले जनाएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गरिने जानकारी दिईएको छ ।

कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गर्नेछन् ।

त्यस्तै सोही दिन इन्जिनियर विवेक जंघ कार्कीले गतवर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई ५ हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्माले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको उपस्थितिमा पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मीले उक्त प्रतिभा चयन गरेको विद्यालयले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese