no comments

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी र सदस्य किरण केसी

पोखारा, २७ मंसीर / कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षपदमा प्रेमकुमारी केसी सर्वसम्मत रुपमाचयन हुनुुभएको छ ।

समितिका जेष्ठ सदस्य जे।बीकुवरको अध्यक्षतामा शनिवार वसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमाअध्यक्षमाचयन गरेको हो ।

क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहनुुभएकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्यपदमा रहीकार्य गर्दै आउनुुभएको थियो । नवनियुक्त अध्यक्षकेसी क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवीएवं उद्योगपति स्व। सुर्यबहादुर केसीकी धर्मपत्नी हुनुहुन्छ ।

समितिको सोही बैठकले रिक्तसञ्चालक समिति सदस्य पदमा यूवा उद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटर समेत रहेका यूवाब्यवसायी केसी पूर्व अध्यक्ष स्व।केसीका सुपुत्रहुनु ।

आफ्नो बावुको पद पछ्याउदै समाजसेवामा अग्रसर केसी छोटो समयमै लोकप्रीययुवाको रुपमा अगाडि वढेका छन् ।
यसैगरीआजै वसेको बैठकले संस्थापकअध्यक्ष स्वं। केसीको निधनमा बर्ष दिनभरी क्याम्पसका कुनै उत्सव एवं समारोह नगर्ने निर्णय गरेको समितिका सदस्य भिमसेन थापाले जानकारी दिनुभयो ।

स्नातकोत्तर तह सम्म अध्यापनहुने उक्त कालिका बहुमुखीक्याम्पस सेतिपूर्वको उच्चशिक्षादिने पोखराको पहिलो क्याम्पस हो ।

२०४८ सालमा स्थापनाभएको सो क्याम्पसको संस्थापक अध्यक्ष प्रतिनिधि सभाका सदस्यएवं समाजसेवी सुुर्य बहादुर केसीका कार्तिक १७ गते निधन भएपछि अध्यक्ष पदरिक्तहुनगएको थियो । उच्चशिक्षाको लागि प्रख्याती कमाएको सो कालिका क्याम्पसको भौतिकविकास र शैक्षिक उन्नयनमा केसी परिवारको महत्वपूर्ण योगदान रहीआएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese