no comments

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप प्रदान

पोखरा, १७ चैत/ ‘खोपमैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दशलाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभि शिल्ड खोप उपहार स्वरुप प्रदान गरेको छ।

भारतले अघि बढाएको यो प्रयास दुई देशबीच कोवि शेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकी प्रति देखाएको सदाशयतालाई जनाएको छ ।

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्ण चन्द्र थापालाई टुडिखेल स्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत खोप प्रदान गरेका हुन् ।

भरतको पुणे स्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बेलुकी ल्याइएको खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese