no comments

पोखरामा आर्चरीका अन्तराष्ट्रिय खेलाडी पुनको सडक दुर्घटनामा निधन

पोखरा, ४ माघ / आर्चरीका अन्तराष्ट्रिय खेलाडी हिमप्रकाश पुनको सवारी दुर्घटनामा परेर निधन भएको छ ।

म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पुन शनिबार पोखराको याम्दीमा सवारी दुर्घटना हुदाँ निधन भएको हो ।

निधनले कास्की जिल्ला आर्चरी संघले आर्चरीको पुर्व अन्तराष्ट्रिय खेलाडी गुमाएको छ ।

पोखरा रामबजार निवासी ५० वर्षिय पुन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् । २००८ मा भारतको जम्सेरपुरमा आयोजित

दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागि भएका थिए ।

२०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास

समितिको प्रतिनिधित्व गरेका थिए ।

पोखरामै आयोजित दोस्रो राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा समेत उनी पदक विजेता खेलाडी रहेको कास्की जिल्ला आर्चरी

संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

अध्यक्ष शेरचनका अनुसार पुन अन्नपूर्ण आर्चरी क्लबका सक्रिय सदस्य समेत थिए । एक छोरा र श्रीमती छन् । छोरा

अष्ट्रेलिया छन् । संघका अनुसार पुनको पार्थिक शरीरको सोमबार अन्त्येष्टि गरिने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese