no comments

पावर लिफ्टिङ नेशनल च्याम्पियन ज्योती र कास्य पदक विजेता पुनमलाई सम्मान

पोखरा, ३१ चैत/ काठमाण्डौमा सम्पन्न रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा पदक जित्न सफल पोखरेली दुई खेलाडीलाई बब् जिम पोखराले सम्मान गरको छ ।

प्रतियोगितामा जिमका प्रशिक्षक समेत रहेकी ज्योति थापा ६० केजी तौल समुहमा प्रथम स्थान हाँसिल गर्दै ओभरअलमा च्याम्पियन बन्दा होसि जिमकै पुनम तामाङ्ग बमजनले तृतीय स्थान हाँसिल गरेकि थिइन् ।

मंगलबार बब् जिममा आयोजित सम्मान समारोहमा खेलाडीद्वय थापा र तामाङ्गलाई जिमका खेलाडी, पदाधिकारी, प्रशिक्षक लगायत शुभचिन्तकहरुले भव्य सम्मान गरेका हुन् । सम्मान पछि खुसि व्यक्त खेलाडी थापाले कम्पिटेशन सोचेको भन्दापनि राम्रो भएको बताइन् ।

यो प्रतियोगिता आफ्नों लागि सिकाईसंगै अनुभव पनि भएको थापाको भनाई छ । त्यस्तै कास्य पदक जित्न सफल खेलाडी तामाङ्गले नेपाली महिलाहरु पनि चुलो चौकोबाट बाहिर निस्किन सके सफलता हाँसिल गर्न सक्छन् भन्ने समाजका लागि यो उदाहरण समेत भएको बताइन् ।

जिमका प्रशिक्षक केशव उदासले जिमहलमा अहिले महिला खेलाडीहरुको सहभागिता बढ्दै गएको बताए । महिला खेलाडीहरुलाई चुनौती बढिनै हुने भएपनि अवसरपनि त्यत्तिकै भएको प्रशिक्षक उदासको भनाई थियो ।

त्यस्तै आफ्नंै जिमहलमा आवद्ध खेलाडीहरुले पदक जित्दा आफु एकदमै खुसि भएको जिमका सञ्चालका बैभव पौडेलले बताए । ‘यो हाम्रोलागि जिम हल शुरु भएपछिको सबैभन्दा ठूलो उपलब्धी र खुसिको क्षण हो’–पौडेलले भने ।

TechSansar.com - Technology Navigator website for Nepalese