no comments

गण्डकी प्रदेशका अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना संक्रमण

पोखरा, २९ पुष/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्थमन्त्री बराल सहित बरालका सवारी चालक, कार्यालय सहयोगी र स्वकीय सचिव सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री बरालको सचिवालयका सदस्यलाई मात्रै नभएर परिवारका सदस्यलाई समेत संक्रमण पुष्टि भएको सहायक स्वकीय सचिव दीननाथ बरालले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा बरालका श्रीमति, बुहारी, नाति छन् ।

हालै सकिएको माओवादी महाधिवेशनबाट फर्किइसकेपछि अर्थमन्त्री बराल अस्वस्थ भएका थिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी संक्रमित भएका छन् । साउन १ गते मस्तिष्क घात भएर हाल आराम गरिरहेका मेयर जिसीलाई कोरोना पुष्टि भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

‘एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि एकहप्तालाई भेटघाट बन्द गरिएको छ,’ उनले भने । मेयर अस्पतालमा फिजीयो गर्न जादाँ सरेको हुन सक्ने उनको अनुमान छ ।

TechSansar.com - Technology Navigator website for Nepalese