no comments

माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख गुरुङले एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँने र नयाँ वर्ष मान्ने गरेको बताउनु भयो ।

उहाँले मगर समुदायले पनि यसलाई आफ्नोमुख्य चाडको रुपमा धुमधामका साथ मनाउँने गरेको उल्लेख गर्दै नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको बताउनु भयो ।

तरुल लगायतका कन्दमूल तथा घिऊ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ भन्दै प्रदेश प्रमुख गुरुङले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्घन गर्नु हामी सबैको दायित्व हो भन्नु भयो ।

उहाँले यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व र हार्दिकता कायम गर्दै सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्दै सबैमा शुभकामना दिनु भएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese