no comments

गण्डकी प्रदेशको विशेष अधिवेशन बैशाख १३ मा

पोखरा, ६ बैशाख/ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका ३ दलले माग अनुसार प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित ३ दलले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । गण्डकी प्रदेश सरकारले अघिल्लो रातै प्रदेश सरकारले चालु प्रदेश अधिवेशन अन्त्य गरेको थियो ।

प्रदेश प्रमुखले १३ गते दिउँसो १ बजेलाई प्रदेश अधिवेशन डाकेको गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

माओवादी केन्द्रले २ वैशाखमै सरकारको समर्थन फिर्ता लिएको थियो । अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गर्दा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद सहभागी छन् । राष्ट्रिय जनमोर्चाका सांसदको भने हस्ताक्षर छैन ।

TechSansar.com - Technology Navigator website for Nepalese