no comments

प्रदेश खेलकुदको लोगो सार्वजनिक सँगै रणनीतिक कार्ययोजना तय

पोखरा, १ जेठ/ प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ । जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो ।

सार्वजनिक गरिएको लोगोमा मुल रुपमा ४ वटा विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिदैं गरेको खेलाडी, राष्ट्रको गौरवको रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ती र समृद्धीको प्रतिक निलो तथा सेतो रङ्ग सँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरी प्रदेश खेलकुद परिषदको लोगो परिकल्पना गरिएको छ ।

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकुद परिषदले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो । जसको सदस्यमा केशव पाठक र निर्मला बराल रहेका थिए । प्रदेश खेलकुदका सदस्य सचिब तेज बहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गरेका हुन ।

सो अवसरमा उनले रणनितिक कार्ययोजना तयबारे जानकारी दिंदैं सदस्य सचिव गुरुङले प्रदेश खेलकुदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’ सहित चार वटा रणनितिक आधारहरु तय गरेको बताए । प्रदेश खेलकुदले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जिवनशैली, खेल सबैको नैसर्गिक अधिकार, शुसासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मुलभूतरुपमा अघि सारेको गुरुङले बताए ।

आफ्न धारणा अघि सार्दै प्रदेश खेलकुदका सदस्य सचिव गुरुङले भने–“विश्वको २१ औं शताव्दीको खेलकुद सँगै संयूक्त राष्ट्र संघले अघि सारेको सन २०३० सम्म दिगो विकास लक्ष्य गर्न हामी सफल हुनेछौ ।” त्यसै गरी प्रदेश खेलकुदले आफ्नो भिजन अन्तर्गत अनुशासन, गतिशिलता, विकास र गरिमालाई अघि सारेको छ भने राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने मुल दृष्टिकोणलाई प्रदेश खेलकुदको मार्ग चित्रण गरेको सदस्य सचिब गुरुङको भनाई थियो ।

११ वटै जिल्ला खेलकुदका अध्यक्ष सहित पदाधिकारी र प्रदेश खेलकुदका सदस्यहरुको सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षहरुले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्सहान तथा पुरस्कार, कार्यालय व्यवस्थापन, र अर्थिक वर्षको बजेट निर्माण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल भएको थियो ।

यसै गरी कोभिड १९ का विषम परिस्थितीका कारण समस्यमा रहेका १३ औं दक्षिण एशियाली खेलकुद (साग) र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकधारी खेलाडीहरुको नामावली संकलनका लागि समेत प्रदेश खेलकुदले सवैलाई आग्रह गरेको छ ।
कार्यक्रममा भिजनरी इन्टनेशनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशको रुपमा रहेको बताउँदै प्रदेशलाई खेलकुदको राजधानीका रुपमा अगाडी बढाउन प्रदेश खेलकुदले बोकेको सपना चाँडै नै साकार हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेश खेलकुदले आफ्नो गोरेटो तय गरी सकेको बताउँदै भनाई र गराईमा समेत एक रुपता ल्याउन सकोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेशका यूवा तथा खेलकुद मन्त्रीका सल्लाहाकार ध्वज कुमार गुरुङ, परिषदका सदस्य दिल बहादुर गुरुङ, विभिन्न जिल्लाका अध्यक्षहरुले समेत आ–आफ्ना धारणा अघि सारेका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese