no comments

गण्डकी प्रदेशमा करेन्ट लागेर दुई जनाको मृत्यु

पोखरा, १७ भदौ / गण्डकी प्रदेशका म्याग्दी र नवलपुर जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका ९ काउले गौडा बस्ने कृण्ण चोखालको श्रीमती २६ बर्षीय शिवा चोखालको मृत्यु भएको हो ।

घर नजिक रहेको फुल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेन्ट लागेकी उनलाई बेनी अस्पतालमो उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ ।

त्यसै गरी नवलपुरको कावासोती नगरपालिका २ स्थित कमल प्रसाद पौडेलको घरमा पुरानो कावासोती बस्ने ४० बर्षीय लक्ष्मी प्रसाद महतोले ट्रष्ट लगाउने क्रममा जस्ता पाताले विद्युतको तारमा छुन गई करेन्ट लागेको छ ।

करेन्ट लागेर गम्भिर घाईते भएको उनको नवलपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese