no comments

पोखराको ग्यालेक्सी हस्पिटलमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ

पोखरा, ३ भदौ / पोखरा बुद्धचोकमा रहेको ग्यालेक्सी हस्पिटलमा मृत्यु भएकी तनहुँ बन्दीपुर गाउँपालिकाकी युवतीको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

तनहुँको एक अस्पतालमा उपचार गर्दा पनि स्वास्थमा समस्या भईरहेपछि मंगलबार बिहान पोखरा ल्याइएकोमा ती युवतीको उपचारको क्रममा मृत्यु भएको थियो ।

पोखराको ग्यालेक्सी हस्पिटल ल्याएको १ घन्टा नहुँदै उनको मृत्यु भएको थियो । पोखरामा मंगलबार मात्रै कोरोनाबाट दुई जनाको मृत्यु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese