no comments

पोखरामा ६ किलो गाँजा सहित युवक पक्राउ

पोखरा, २ बैशाख/ पोखराबाट कास्की प्रहरीले ठुलो मात्रामा गाँजासहित एक युवक पक्राउ गरेको छ ।

पोखरा –३० पावर हाउसबाट ६ किलोग्राम लागूऔषध गाँजासहित धादिङ गल्छी गाउँपालिका ८ गोगनपानीका २२ वर्षीय सानु कान्छा तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मंगलबार राति ९ः५० बजेको समयमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिए ।

तामाङलाई पक्राउ पश्चात् लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese