no comments

नेकपाबाट निर्वाचितलाई जनप्रतिनिधि मान्न सकिन- नेता गगन थापा

पोखरा, ६ चैत/ कांग्रेस नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट निर्वाचित जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने बताएका छन् ।

अदालतको निर्णयपछि नेकपा नामको पार्टी नरहेकोले नेकपाको नामबाट जनप्रतिनिधि विजयी भएका ठाउँमा जनताले छान्न पाउनु पर्र्ने बताए ।

पोखरामा शुक्रबार नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेकपाबाट निर्वचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिको पद मरिसकेको बताए ।

नेकपाको नामबाट निर्वाचित भएर आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिन्ने बताए । किनकी त्यो पार्टी नै छैन । पार्टी नै नरकिसकेपछि एमाले र माओवादी फरक हुन् । जनप्रतिनिधिले पार्टी छान्न पाउने हैन जनताले जनप्रतिनिधि छान्नु पाउनु पर्दछ उनको भनाई थियो ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको बताए । उनले अयोग्य र अहंकारी भएकै कारणले ओलीले पाएको जिम्मा पनि सही ढंगले निर्वाह गर्न नसकेको आरोप लगाए । उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि लोभी भएको बताए ।

पाँच वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएपछि मलामी जाने मान्छे पनि नभएको बताए । हिजो मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भन्नेले अहिले कम्युष्टि पार्टी मर्दा कोही नबोल्ने उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese