no comments

मुख्यमन्त्री गुरुङद्वारा फुर्सेखोला चिसापानी मोटरेबल पुल उद्घाटन

पोखरा, १ बैशाख/ पोखरा महानगरपालिका वडा नं २२ चिसापानीस्थित फुर्सेखोलामा निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले आफ्नै बजेटबाट वनाउन सबैभन्दा पहिला शिलान्यास गरेको पुलको सोचे भन्दा छिटो निर्माण सम्पन्न भएको वताएका थिए । प्रदेश सरकारले वाटो, पुल, खानेपानी, सिंचाई, कृषि लगाएतका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएको तर श्रोत प्रयाप्त नहुदाँ सबै काम एकै पटक गर्न नसकीएको वताए ।

गण्डकी प्रदेश भौतिक योजना मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार समग्र बिकास निर्माणका काममा लागेकोले बाटो, पुल, खानेपानी लगाएतका योजनाहरु सिलन्यास भन्दा धेरै उद्घाटन गरिरहेको बताए । उक्त क्षेत्रमा पक्की पुल निर्माण भएकोले अब बाटो बनाउन पनि वनाउन सरकार तिब्रताका साथ लाग्ने वताए ।

प्रदेश सांसद राजिब पहारीले प्रदेश सरकारले बिकास निर्माणका काममा वढि ध्यान दिएकोले दशौ बर्ष निर्माण हुन नसकेको काम ३ बर्ष पुरा गरेको बताउँदै ३ करोड ९८ लाखको लागतमा सो मोटरेबल पुल निर्माण भएको बताए ।

सांसद पहारीले दुई बर्ष भित्र काम सम्पन्न गरेकोमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका थिए । साथै उनले उक्त बाटो सिद्धार्थ राजमार्गको बैकल्पिकको रुपमा पनि प्रयोग गर्न सकिने भएकोले बाटो संगै ग्रामीण भेगको बिकास तिब्रताका साथ हुने बिश्वास व्यक्त गरेका थिए ।

पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडाको सबैभन्दा ठुलो समस्या पुल भएको र अब पुल निर्माण पछि कृषि ब्यबसायको उन्नति हुने बताए । उनले उक्त पुलले स्याङ्जा जिल्ला जोड्ने बताउँदै बाटोको स्तर उन्नति गर्नुपर्ने बताए ।

पुल निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सनल जेभी कम्पनीले लिएको थियोे । पुलको लम्बाइ ३८ र चौडाई ७ मिटर रहेको कम्पनीका प्रोप्राइटर बलबहादुर रानाले बताए ।

सो अबसरमा बाटो तथा पुल निर्माणको लागि जग्गा दाताहरु टिकाराम बराल, सनत कुमार श्रेष्ठ, अजय गुरुङ तथा पुल निर्माणमा सहयोग गर्ने स्थानीय बासिन्दाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

फुर्सेखोला चिसापानी मोटरेबल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मीन बहादुर बास्तोला, केशब पौडेल लगाएतले पोखराको कुनो भएकोले उक्त क्षेत्र बिकासमा पछि परेको वताउँदै छिटोभन्दा छिटो बाटो पिच गर्नुपर्ने माग राखेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese