no comments

कोरोनालाई मार्न ओभनमा ९ सय २० अमेरिकी डलर तताउँदा

कृष्णमणि बराल

विश्वभरका मान्छे यति बेला कोरोना त्रासमा बाँची रहेका छन् । चीनको उहानमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा देखापरेर विश्वभर फैलिएको कोरोनाबाट मान्छे त्रसीत भएकैले घरमा थुनीए । जस्को कारण विश्व अर्थतन्त्र खराव अवस्थामा पुगेको छ । मान्छेहरु कोरोनाको साथै आर्थिक तनावमा पनि छन् ।

त्रासको बिच कोभिड–१९ तरकारीबाट पनि सर्छ भन्ने हल्ला चल्यो । लकडाउनकै बिचमा बाहीरी जिल्लाबाट ठुलो परिमाणमा पोखरा ल्याइएका तरकारी पोखरा १२ का स्थानियले आफै बिज्ञ बने र नष्ट गरेको समाचार पहिलो लकडानकै हो । त्यसै गरी पैसाबाट कोरोना सर्छ भन्ने त्रास नेपालमा मात्र होइन विश्वका अरु देशमा पनि फैलिएकै हो ।

यही हल्लाबाट मान्छे अझै पनि त्रसीत छन् । कतिपयले पैसा सेनिटाइज गरेर मात्र लिन गरेको पनि छन् । यसै बिच अमेरिकाको न्यूयोर्क सिटीमा बस्ने एक पोखरेली युवाले डलरबाट कोरोना सर्छ भन्ने त्रासमा ९ सय २० डलर नष्ट भएको फेसबुकमा राखेका छन् । भएछ के भने कोरोना मार्न माइक्रोओभनमा उनले डलर राखेछन् ।

डलर निश्ति समय तातो बनाएर झिक्ने उनको उद्देश्य थियो । तर पोखराका मनोज कुँवरले माइक्रोओभनमा राखेको ९ सय २० डलर बेलैमा नझिक्दा डडेर नष्ट भएछ । उनले अगष्ट ५ मा फोटो सहित फेसबुकमा लेखेका छन । कोरोनाको डरले गर्दा जिन्दगीमा मेरो ठुलो भुल ।

पैसाबाट कोरोना सर्छ भनेर माइक्रोओभनमा राखेर तताएको ९ सय २० अमेरिकी डलर जलेर खतम भयो । विश्वका अरु धेरै मुलुकमा पनि यस्तो घटना भएको समाचार आएका छन् । यस्तै दक्षिण कोरियाका मानिसहरुले पनि ओभन र वासिङ मेसिनमा पैसा राख्दा डड्ने र च्यातिएर नष्ट भएको समाचार आएका छन् ।

तस्बिरः मनोज कुवँरको फेसबुकबाट ।

कोरोना मार्न ओभनमा ९ सय २० अमेरिकी डलर तताउँदा

TechSansar.com - Technology Navigator website for Nepalese