no comments

एमाले माधव नेपाल समूहको कास्की संयोजकमा धनराज, सचिवमा होमबहादुर

पोखरा, १९ चैत/ नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल समूहको बिहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटी घोषणा गरेको हो । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले माधव नेपाल समूहको कास्की संयोजकमा धनराज आचार्यले चयनको घोषण गरे ।

भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति हुन् ।

लायन्स अन्र्तराष्ट्रिय ३२५ बि १ का पूर्व गभर्नरसमेत रहेका उनी हाल एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्ष पनि हुन् ।

सचिव बनेका होमबहादुर नेपाली पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व कोषाध्यक्ष हुन् । संयोजक र सचिव चयन गरेको नेपाल समूहले अर्को भेलाबाट कमिटीलाई पूर्णता दिने जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese