no comments

प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन सांसद कोइरालाको माग

पोखरा, ५ साउन / गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन् ।

सोमबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै कोइरालाले अविरल बर्षाको कारण ठुलो प्राकृतिक विपत्ती वाहेक अन्य साना साना क्षति भएको ठाउँमा सरकारले तत्तकाल सहयोग गर्न सक्नुपर्ने बताए ।

थोरै रकम खर्च गरेर ठुलो धनजन जोगाउन सकिने ठाउँमा पनि तिनै तहका सरकारबाट काम हुन नसकेको उनको भनाई थियो । सांसद कोइरालले आफ्नो निर्वाचन क्षेत्र कास्की १ खको पोखरा ३२ तल्लो गगनगौडा देखि जनताको चौतारो जाने पक्की सडक बगाएको बताए ।

तर १५ थान जाली र थोरै ग्राभेल भए हुने ठाउँमा ११ दिन भइसक्दा पनि पनि काम नभएको, १२ सय ४० हेक्टर क्षेत्रफलमा सिंचाई हुने विजयपुर नहरको सय मिटर नहरमा समस्या देखिदा मर्मत हुन नसकेर हजारौ किसान प्रभावित हुन परेको, पृथ्वीराजमार्ग अन्तरगत पर्ने लामेआहाल सडकमा नाला नहुदा घरघरमा पानी पस्ने समस्या देखिएको , राधाकृष्ण बृद्धाश्रम लगायतका त्यस क्षेत्र घरहरु डुवानमा परेको लगायतका समस्या केही लाखले मात्रै काम हुने भन्दै ठाउँमा पनि काम नभएको भन्दै सभामुख मार्फत प्रदेश सरकारको ध्यानआकर्षण गराए ।

हाम्रोमा भाषण ठुला ठुला गर्ने काम सानो सानो पनि नहुने अहिलेको मुख्य समस्या रहेको उनको भनाई थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese