no comments

पोखरामा १० जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

पोखरा, १७ असोज / गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ गण्डकी प्रदेशमा ४ हजार ३ जनामा कोरोना संक्रमित पुगेका छन् । शनिबार कास्कीको पोखरा महानगरपालिकामा १० जना, गोरखामा ५ जना र तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका १७ का २४ र २३ बर्षका २ जना पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् भने पोखरा महानगरपालिका २४ र १३ का २ जना पुरुषहरु, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबैजना र तनहुँ जिल्ला, भिमाद २ का १ जना गरि ५ जना भारतबाट आएका हुन् । अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीमा अहिले सम्म १ हजार ११ जनामा कोरोना संक्रमण देखिएको छ भने अहिले सम्म ३ सय ९९ जना निको भएर घर फर्किएका छन् । अहिले ६ सय १ जना आइसोलेसनमा छन् । त्यसै गरी गोरखामा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय ९९ जनालाई निको भएर घर फर्किएका छन् । ५४ जना आइसोलेजनमा रहेका छन् ।

तनहुँमा ४ सय ४३ जनामा कोरोना देखिएको छ भने ३ सय ४८ जनालाई कोरोना निको भएको छ । अहिले ९० जना आइसोलेसनमा छन् । गण्डकी प्रदेशमा २ हजार ८ सय ३१ जना निको भएर घरफर्किएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese