no comments

पोखरामा कोरोनाबाट थप २ जनाको मृत्यु

पोखरा, ३ मंसिर/ पोखरामा बुधबार थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

उनको पोखरामा गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु गएको हो ।
उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १७ की ७८ वर्षीय महिलाले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese