no comments

कोरोना संक्रमणले पोखरामा थप एक जनाको मृत्यु

पोखरा, १५ कात्तिक/ कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पोखरामा थप १ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ९ का ६२ वर्षीया महिलाको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उनलाई कोरोना संक्रमण भएको १३ कात्तिकमा पुष्टि भएको थियो । उनको कोभिड निमोनियाका साथै मधुमेहको पनि समस्या थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese