कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएः डा. संग्राला

कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएः डा. संग्राला

पोखरा, ६ वैशाख/ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गरेकी छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर नेपालको राजनीतिलाई अस्थिरतामा धेकेलेको आरोप लगाइन् ।

उनले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली सरकार विस्थापित गरेर छिट्टै काँग्रेसले सरकारको नेतृत्व लिने बताइन् ।

प्रदेशहरुमा देखिएको कम्युनिष्टको दोधारे चरित्रले संसदीय पद्दति प्रणालीमाथि नै प्रश्नचिन्ह उठेको अवस्थामा व्यवस्था बलियो बनाउन काँग्रेसको नेतृत्व आवश्यकता रहेको बताइन् ।

पार्टीको महाधिवेशनको क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेकी उनले महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गरिन् ।

युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले संचालन गरेका थिए ।

 

Editor: