no comments

पोखरामा चोरीका सामान सहित तीन पक्राउ

पोखरा, १८ चैत/ मंगलबार रातको पोखरा महानगरपालिका वडा नम्बर २९ सैनिक बस्ति स्थित एक घरमा चोरी गरेर फरार तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा २९ बुद्धिमाया गुरुङको घरको मुलढोका फुटाई घरभित्र रहेका सुनको तिलहरी, चाँदिको करुवा, चाँदिको गिलास, पितलको गिलास, नगद, मोबाईल, मुगाका माला, कपडा समेत चोरि गरि भागेका थिए ।

इलाका प्रहरी कार्यालय शिशुवा लेखनाथले ३ जनालाई बुधबार बिहान चोरी गरि लिएका मालसामानहरु सहित पक्राउ गरेको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट दिन ५ म्यादथप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese