पोखरा, १९ फागुन/ पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप
सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् ।
पोखराको पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा एवाईसी हेम्जालाई १–० गोल अन्तरले पराजित गर्दै सँगम एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सँगमको जीतमा वेल प्रसाद गुरङले निर्णायक १ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २–१ गोल अन्तरले सहज जीत निकाल्यो ।
सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १ गोल गरे । भने फिटनेशको तर्फबाट किर्विनले सान्त्वना १ गोल फर्काए ।
पाटन एफसी र नयांगल्लाी एफसी बिच भएको तेस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्लीले ३–१ गोल अन्तरले पराजित गर्याे ।
त्यस्तै आयोजक निलो र चाउथे एफसी बिच भएको चौथो खेल गोल रहित बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा चाउथेले ३–२ गोल अन्तरले जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्याे ।
पाँचौ खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३–१ गोल अन्तरले पराजित गर्याे । बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए ।
छैटौ खेलमा मालेपाटन एफसीले वेलीबारलाई २–० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।
यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एशोसियसनमाथी १–० गोल नतिजासहित सँघर्षपूर्ण जीत निकाल्यो ।
कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे ।
खेल संयोजक निकेश गुरुङका अनुसार बिहिबार ७ खेल सञ्चालन हुनेछन् ।