no comments

रहेनन् फुटबल प्रशिक्षक बिल तामाङ

पोखरा, ४ जेठ/ लामो समय देखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको कोरोनाबाट निधन भएको छ । ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

एएफसी ए लाइसन्स कोर्ष गर्नका लागि तामाङ केहि महिना अघि स्वदेश फर्केका थिए । हङकङमा फर्कने योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागेपछि तामाङ पोखरामै थिए ।

एक दशक भन्दा लामो समय देखि परिवार सहित हङकङ बसोबास गर्दै आएका तामाङ पोखराको सहारा क्लबको पहिलो पुस्ताका खेलाडी थिए । पछि उनले सहारा क्लबको फुटबल टोली र एकेडेमीलाई पनि प्रशिक्षण दिएका थिए ।

उनले भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका थिए । उनी सहारा हङकङका उपाध्यक्ष समेत हुन् । उनले लामो समय फ्रेन्ड्स क्लब र केहि समय आरसिटीबाट फुटबल खेलेका थिए । तामाङका श्रीमती र १ छोरा हङकङ मै छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese